काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ६ सय ३७ जना कोरोनाभाइसका संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका आज देशभरमा ११७२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेका छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
हाल देशभर २२० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या ४९ हजार ९५४ जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?