काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिएका छन् । उनीहरु मध्ये काठमाडौंका ६०९, ललितपुरका ९५ र भक्तपुरका ५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा गरेर १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुने संक्रमितको संख्या ५० हजार ४११ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ ।


























