स्याङ्जा । वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सँगैको पहिरोले पुरिएर एकै घरका नौ सहित १० जनाको मृत्यु भएको छ ।
बिहीबार बर्षासँगै आएको सो पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश नेपाली, १९ बर्षिय विनिदा नेपाली, २१ बर्षिय कुलदीप नेपाली, १४ बर्षिय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरका सबैको मृत्यु हुदाँ १६ बर्षिय मनिषा नेपालीलाई जिवीतै उद्धार गरिएको छ । गम्भीर घाइते भएका मनिषाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । मृत्यु भएकी उमाकला दिदी मायाँको घरमा पाहुना आएकी थिइन् ।
मृत्यु भएको छ महिने बालक पनि कस्को हो भन्ने नखुलेको र घरमा रहेका सबैको मृत्यु सँगै बालकको अभिभावकको मृत्यु समेत भएको छ ।
बेलुका खाना आएर सगै सुतेका नेपाली परिवारको एक छोरी बाहेक सबैको एकै ठाउँमा मृत्यु भएको हो । पहिरोले घर पुरेर नौ जना घरमा रहेका पुरिएपछि स्थानीय, जनपथ प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले उद्धार गरेको हो ।
उता पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियार निधन भएको बताइएको छ । सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले परियारलाई पुरेको र घरका अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ ।