बाँकेमा थप पाँचजना कोरोना संक्रमितले ज्यान गुमाए
काठमाडौं । बाँकेमा उपचार गराइरहेका थप पाँचजना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमानेहरुमा चारजना बाँकेका र एक जना बर्दियाका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।