Margadarsan


  • मुगुको छायाँनाथमा यात्रुवाहक बस दुर्घटना, २३ जनाको मृत्यु, १८ जना घाइते

    मार्गदर्शन २६ आश्विन २०७८, मंगलवार

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगिँदै छ । केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

    नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया