कर्णाली प्रदेशका २७ सांसदले लिए दसैँभत्ता
सुर्खेत । कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दसैँभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ ।