काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चारजनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।
मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उहाँका छोराको मृत्यु भएको बताउनुभएको छ ।
घटनामा थप दुई घाइतेका भएका छन् । घाइतेको पहिचान हुन सकेको छैन ।
























