जुम्ला । बचत तथा ऋण लगानीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ । वित्तीय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको ‘रैथाने’ बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको हो ।
जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर ,टिमुर चिनो, कागुनो, स्याउ, घिउ, महलगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनी मार्केट खोलेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताउनुभयो ।
‘यस वर्ष असोजमा भएको अविरल वर्षले मार्सी उत्पादनमा क्षति भएको छ । मार्सीपछिको पछिको प्रमुख नगदेबालीका रूपमा सिमी हो’, उहाँले भन्नुभयो, ‘सिजनमै कालो सिमी प्रतिकेजी १८० रुपैयाँ छ । रातो सिमी १६०, सिस्कट सिमी १६० रुपैयाँमा बिक्री गर्ने गरेको छ । मार्सी धानको चामल प्रतिकेजी १६० रुपैयाँ बिक्री गरिएको छ ।’
यस वर्ष यस सहकारी संस्थाले ५० लाख बराबरको मार्सी धान र सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद गरिएको छ । चन्दनाथ सहकारीले सञ्चालन गरेको अर्गानिक मनि मार्केट सुपथ पसलबाट दैनिक एक लाख बराबरको अगार्निक बस्तु बिक्रि हुने गरेको छ । सहकारी जुम्लामा उत्पादन हुने रैथाने बस्तु गाउगाउँमा रहेका आफ्ना सदस्यहरूबाट संकलन गर्ने गरेको छ ।
अर्गानिक उत्पादन गर्ने किसानका लागि सहकारीले ब्याज नलिई २० हजार बराबर अनुदान दिने गरेको छ । किसानले अर्गानिक उत्पादन गरेर २० हजार बराबरको वस्तु दिने गरेका छन् ।