काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफूले चाहेर नहुने बताउनुभएको छ । उहाँले आफ्नो हातमा महाधिवेशन नभएको बताउनुभयो ।
शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भए पनि अधिवेशन पार्टी सभापतिको हातमा नभई निर्वाचन समितिको हातमा रहेको दाबी गर्नुभयो ।
अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले भनेर पनि नहुने भन्दै उहाँले निर्वाचन समितिले कांग्रेसको पार्टी महाधिवेशन समयमै गराउने बताउनुभयो ।
























