सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको