आर्थिक समृद्धि सरकारको प्राथमिकतामा : मन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो