भारी वर्षाले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा बन्द, यात्रु समस्यामा
बागलुङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका-४ कानाबगर स्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ-बुर्तिबाङ-पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ