सरकारी कार्यालयमा “जेनजी” भन्दै धम्क्याउने अर्जुन शाही पक्राउ
काठमाडौं । विभिन्न सरकारी कार्यालयमा “जेनजी” भन्दै धम्क्याउने २६ वर्षीय अर्जुन शाहीलाई काठमाडौंको कोटेश्वरबाट बुधबार पक्राउ गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाही विभिन्न अपराधिक मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको हो र उनीमाथि थप अनुसन्धान