काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको जलबिरे क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरोका कारण सडक दुवैतर्फबाट बन्द भएको छ र सवारी साधनको आवागमन ठप्प बनेको छ।
पहिरो पन्छाउन आवश्यक डोजर र एक्स्काभेटर अहिलेसम्म घटनास्थलमा नपुगेकाले सडक खुलाउने काम सुरु हुन सकेको छैन।
सडक अवरुद्ध भएपछि दुवैतर्फका सयौँ यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। प्रहरीले आवश्यक उपकरण ल्याएर पहिरो हटाउने प्रयास भइरहेको जनाएको छ।
(फाइल तस्बिर)




















