सूचना नदिने प्रधानाध्यापकलाई पाँच हजार जरिवाना
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरका प्रधानाध्यापकलाई रु पाँच हजार जरिवानाको फैसला गरेको छ । पाल्पा जिल्ला बगनासकाली–१ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने जीवन खनालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो ।