काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको बताएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा पुष्टि भएसँगै हैजाबाट पीडितको संख्या ३१ पुगेको हो ।
महाशाखाका अनुसार नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आएको र उपचारपश्चात घर फर्किसकेका छन् । हैजा देखिएकामध्ये दुई जना १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन् ।
त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।
हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् ।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो ।

























