काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ३ भोताङमा कृत्रिम झरना बनाउन एमालेका सांसद शेरबहादुर तामाङले दस लाख रुपैयाँ सहयोग गरेका छन् । उनकै सहयोगमा सो झरना बनाइएको हो ।
नेकपा एमालेका सांसद तामाङका तर्फबाट सांसद विकास कोषको दश लाख रूपैयाँ यो कृत्रिम झरना निर्माणमा खर्च भएको हो ।
छिम्ति भिरमा आइतबारदेखि यो झरना सञ्चालनमा ल्याइएको हो।
यो झरनाको नाम ड्रगान झरना राखिएको छ। पाँचपोखरी गाउँपालिकाभित्र थप एक पर्यटकीय केन्द्र बनाउन कृत्रिम झरना बनाइएको बताइएको छ ।
झरना बनाउन सांसद विकास कोषसहित अन्य सहयोगसमेत लगानी गरिएको छ । वडाअध्यक्ष ङिमा छिरिङ तामाङले सांसद विकास कोष र अन्य सहयोग जुटाएर कृत्रिम झरना बनाई सञ्चालनमा ल्याइएको बताए ।
























