काठमाडौँ । साउन महिनाभर देशभरका शिवालयमा शिवको विशेष पूजाआजा गर्ने चलन रहेको छ । विशेष गरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको कोषले जनाएको छ ।
कोषका अनुसार नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।
पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ । आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको छ ।

























