सभापतिको उम्मेदवारी दिन उपप्राध्यापकबाट राजीनामा !
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए