काठमाडौंको बजार अनुगमनमा १५ पसल परे कारबाहीमा
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन्