बाग्मतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त
हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बन्नुभएको