काठमाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको छ। धुम्बाराहीस्थित उक्त अस्पतालबाट उडान गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको जानकारी दिए । उनले दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताए । उक्त हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको प्रहरीले जनाएको छ ।




















