काठमाडौं । मिटरब्याजबाट पीडितले सिंहदरबार बाहिर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकाक्रम प्रहरीले केही मिटरब्याज पीडितहरुलाई पक्राउ समेत गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।




















