रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
चितवन । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् ।