काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको बताइएको छ ।
पाँच दिनअघि अस्पताल भर्ना भएका उनको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत हुन् । काठमाडौं महानगरपालिकाका वडाध्यक्षमध्ये उनी निकै चर्चामा आइरहने मध्येमा पर्थे ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।