काठमाडौँ । काठमाडाैं महानगरपालिकाका र साे अन्तर्गतका कार्यालयहरू शुक्रबार बन्द हुने भएकाे छ । काठमाडौं महानगरपालिकाले वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनमा शोक बिदा दिने निर्णय गरेकाे हाे ।
रिजालको निधनमा भोलि काठमाडाैं महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिएका हुन् ।





















