बालेन साहको सद्भाव र्याली, घरघरबाट हात हल्लाएर दिए बधाई
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्याली निकालेका छन् । मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए ।