काठमाडौँ । विश्व प्रतिष्ठित ‘टाइम म्यागेजिन’ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई उदीयमान एक सय नेताको सूचीमा समेटेको छ ।
वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर साहलाई पनि समेटेको हो ।
आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो।




















