वातावरण जोगाउन सरकार गम्भीर छः प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए ।