हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले आमा छोरीलाई पक्राउ गरेको छ ।
झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए ।
उपचारका क्रममा राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।
उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् ।
सीसीटीभी फुटेजको आधारमा मृतक प्रधानकी श्रीमती र छोरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुवै डाक्टरले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।




















