नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्परः अमेरिकी दूतावास
काठमाडौँ । यहाँस्थित संयुुक्तराज्य अमेरिकी दूतावासले गए राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।