काठमाडौंको गोठाटारमा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो