काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले निषेधित क्षेत्र तोडेपछि नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।
सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए ।




















