फिफा विश्वकपः कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।