ईपीएलमा आज काठमाडौँ र पोखराले प्रतिस्पर्धा गर्दै
काठमाडौँ । काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज एकमात्र खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।