राष्ट्रिय खेलकूद विकास विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ