Margadarsan


  • राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

    मार्गदर्शन ८ मंसिर २०७८, बुधबार

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

    नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँ मोटर न्युरोन डिजिजबाट ग्रसित हुनुहुन्थ्यो ।

    अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुनुहुन्थ्यो ।

    फेसबुक प्रतिक्रिया