सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । यससँगै छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आइपुगेको छ