काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।
























