काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
























