नेप्सेमा दोहोरो अंकको गिरावट, सात अर्ब ८५ करोडको कारोबार
काठमाडौँ । पछिल्लो दुई दिन दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक आज मंगलबार ११.२४ अंकले ओरालो लागेर दुई हजार ७४८.९६ विन्दुमा सीमित भएको छ। ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अंकले ओरालो लागेर ४८८.७८ मा सीमित भएको छ।