बंगलादेशमा युनुस र सेनाबीच खटपट, डिसेम्बरसम्म चुनाव गर्नुपर्ने सेनाको अडान
काठमाडौँ । बंगलादेशका सेना प्रमुखले देशका पूर्वप्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताएका छन्। सेना प्रमुखको यो भनाईलाई सैन्य स्रोतहरूले बिहीबार पुष्टि गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बंगलादेशी अखबारहरूका अनुसार जनरल वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई यदि अगावै चुनाव भएन