काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै आज दिउँसो एउटा विमान दुर्घटनामा परेको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार रहेको बताइएको छ ।
इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको थप विवरण आउन बाँकी रहे पनि घटनास्थलबाट प्राप्त दृश्यहरूमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको छ ।
दुर्घटनालगत्तै सातवटा दमकलसहित आपतकालीन सेवाका टोलीहरू घटनास्थलमा पुगेका छन् ।
























