अहमदाबाद विमान दुर्घटनामा कोही जीवित नरहेको प्रहरीको आशंका
काठमाडौँ । बिहीबार लण्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर १७१ अहमदाबादको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको अनुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “यो हृदयविदारक त्रासदीले हामी सबैलाई स्तब्ध र दुखी बनाएको छ।”