काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबीच तियानजिनमा साइडलाइन भेट भएको हो ।
दुई समकक्षीबीचको भेटको तस्बिर आफ्नो एक्समार्फत मोदीले सार्वजनिक गरेका छन् ।
मोदीले फोटो राख्दै लेखेका छन्– ‘तियायानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो । भारत-नेपालको सम्बन्ध गहिरो र विशेष छ ।’
ओली शनिबार चीन भ्रमणमा गएका ओलीले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए भने आजै समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता गरेका थिए । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका दुई प्रधानमन्त्रीबीच आज भएको भेटवार्तामा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए ।
























