जनताको जीवनमा देखिनुपर्छ लोकतन्त्रको परिवर्तन
नेपालको लोकतान्त्रिक इतिहास केबल शासन परिवर्तनको कथा होइन, यो नेपाली जनताको स्वतन्त्रता, सम्मान, अधिकार र सुन्दर भविष्यको खोजीमा गरिएको निरन्तर यात्राको कथा हो । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म आइपुग्दा नेपाली जनताले