आचारसंहिता उल्लंघन गर्ने प्रचण्डलगायत ६ जनालाई निर्वाचन आयोगद्वारा स्पष्टीकरण
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न पार्टीका नेता र संस्थालाई स्पष्टीकरण सोधेको हो