काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश बिकास गर्ने भिजन भएकाहरुलाई अवसर दिनुपर्ने बताएका छन् ।
नेपाल चार्टर्ड अकाउन्टेन्ट्ड संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकास’ राष्ट्रिय सम्मेलनमा भट्टराईले ठूला र लोकतान्त्रीक भन्ने पार्टीहरुले नै देश बिकास गर्ने भिजन भएकाहरुलाई पाखा लगाउनु उचित नभएको बताए ।
नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट नदिएको उनको भनाई छ । उनले समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि नहुने र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुन नसक्ने धारणा राखेका छन् । आफुले तीन पटक अत्याधिक मतले चूनाव जितको र अव निबृत्त भएको भट्टराईले बताए । दोहोरो कर्म गर्ने, उपदेश दिने र अन्त्यमा देश छाडेर जाने प्रवृतिले देश नवन्ने उनको भनाई छ ।
कार्यक्रममा उद्योगपति विनोद चौधरीले देश विकासका लागि नेताहरु पटक पटक चुकेका कारण देशमा रोजगारीको सिर्जना हुन नसकेको र लाखौ युवाहरु विदेशीन बाध्य भएको बताए । आफु गठबन्धनको तर्फबाट आगामी चुनावमा प्रतिस्पर्धामा उत्रिएको भन्दै चौधरीले आर्थिक विकासको प्रमुख एजेण्डामा आफ्नो ध्यान केन्द्रीत हुने धारणा राखेका छन् ।
त्यस्तै चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष दीपक पाण्डेले मुलुकमा बाह्य लगानी पर्याप्त भित्रन नसकेकै कारण अर्थतन्त्रले विकासमा समस्या भएको बताए । उनले मुलुकको आर्र्थिक बिकासलाई अघि बढाउन आन्तरिक उत्पादन बढाउनुपर्नेमा समेत जोड दिए ।
























