समानुपातिकको मतगणना अन्तिम चरणमा, एकीकृत समाजवादीको थ्रेसहोल्ड नकट्ने निश्चित
काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणना अब सकिने चरणमा पुगेको छ । पछिल्लो नतिजाअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६४ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक