स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले २९ हजार ३३ मत प्राप्त गरी अग्रता लिएका छन् ।
एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ९७९ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् । उनीहरूको मतान्तर ६ हजार ५४ को छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७१३ मत ल्याएका छन् ।
यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिइरहेका छन्।
उनले १६ हजार ६९० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ४६१ मत पाएका छन् ।